२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • इन्डियन आइडल विजेता पवनदीपको गम्भीर...

इन्डियन आइडल विजेता पवनदीपको गम्भीर कार दुर्घटना

इन्डियन आइडल विजेता पवनदीपको गम्भीर कार दुर्घटना

सीएनएन खबर
सोमवार, बैशाख २२ २०८२०३:५०
सीएनएन खबर
सोमवार, बैशाख २२ २०८२०३:५०
  • images

    काठमाडौं । इन्डियन आइडल सिजन १२ का विजेता गायक पवनदीप राजनको आज विहान कार दुर्घटना भएको छ । आज अर्थात मे ५ मा अहमदाबादमा एक गम्भीर सडक दुर्घटनामा परेर गायक राजन घाइते भएका छन् ।


    यो दुर्घटना बिहान करिब ९ बजे भएको थियो र गायक गम्भीर रूपमा घाइते भएका बताइएको छ । डाक्टरहरूले उपचार गरिरहेको भिडियो सामाजिक सञ्जालमा पहिले नै भाइरल भइसकेको छ । उक्त भिडियोमा पवनदीप गम्भीर घाइते भएको स्पष्ट रूपमा देख्न सकिन्छ , उनको बाँया खुट्टा र दाहिने हातमा चोट लागेको छ ।


    अहिले उनका फ्यानहरु आफ्नो लोकप्रिय गायकको दुर्घटनाको खबर सुनेर चिन्तित भएका छन् । सामाजिक सञ्जालमा उनको छिट्टै स्वास्थ्य लाभको कामना गरिरहेका छन् । दुर्घटनाको कारण खुलिसकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend