२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • चलचित्र ‘जार’लाई कर छुट दिन सरकारसँग...

चलचित्र ‘जार’लाई कर छुट दिन सरकारसँग भट्टराईको आग्रह

चलचित्र ‘जार’लाई कर छुट दिन सरकारसँग भट्टराईको आग्रह

सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२०१:३३
सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२०१:३३
  • images

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको चलचित्र ‘जार’लाई राज्यले कर छुट दिनुपर्ने बताएका छन् ।  नेपालको इतिहास बुझ्न सहयोग गर्ने भन्दै ‘जार’लाई कर छुट गर्नुपर्ने बताए । दुई सय वर्ष पुरानो परिवेशको चलचित्र ‘जार’ पूर्ण मौलिक चलचित्र बनेको उनको भनाइ छ । 

    उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो चलचित्र हेर्नुपर्ने बताए ।'पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि चलचित्र जार हेर्नुपर्छ,' उनले भने । 

    गायिका एवं संगीतकार झुमा लिम्बूको गीतसंगीतको डा. भट्टराईले खुलेर प्रशंसा गरे । अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली चलचित्रको बढ्दो स्तरको प्रमाण भएको बताइन् । “हामीले पछिल्लो समय उत्कृष्ट चलचित्र दिएका छौँ । ‘जार’ त्यसैको निरन्तरता हो,” उनले भनिन्, “यसले हाम्रो इतिहास र साहित्यलाई चलचित्रको माध्यमबाट जिवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ ।”

    अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली चलचित्रको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए । चलचित्र ‘जार’ यही वैशाख २६ गते शुक्रबारदेखि प्रदर्शन हुँदै छ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend