२०८३, आश्विन २० गते

images
  • विशेष
  • गभर्नर सिफारिस समिति अर्काे बन्ने, भट्टको...
गभर्नरमा नयाँ ट्वीस्ट

गभर्नर सिफारिस समिति अर्काे बन्ने, भट्टको राजीनामा स्वीकृत नभएपछि पौडेलको नाम प्रस्ताव

गभर्नर सिफारिस समिति अर्काे बन्ने, भट्टको राजीनामा स्वीकृत नभएपछि पौडेलको नाम प्रस्ताव

आइतवार, बैशाख २८ २०८२१०:१६
आइतवार, बैशाख २८ २०८२१०:१६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ ट्वीस्ट सार्वजनिक भएको छ । लामो समयदेखि केन्द्रीय बैंक गभर्नर बिहीन हुँदा सरकार भने एक पछि अर्काे नयाँ ट्वीस्ट सार्वजनिक गर्दै बसेको छ । 

    शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।

    गभर्नर सिफारिस समितिकै सदस्य रहेका पौडेललाई कांग्रेसले गभर्नरका लागि प्रस्ताव गरेको हो । यसअघि कांग्रेसले नै प्रस्ताव गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन गुणकर भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले पौडेलको नाम प्रस्ताव गरेको हो । 

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो । यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । 

    तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।

    पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी समेत भएको छ । 

    “विजयनाथ भट्टराईले राजीनामा दिनुभयो, महाप्रसाद अधिकारीको नाम प्रस्ताव ग¥यौँ तर अदालतमा मुद्दा प¥यो,” उनले भने, “अब अदालतबाट निर्णय आउन समय लाग्न सक्छ । त्यसैले नयाँ दुईजना सदस्य राखेर अर्थमन्त्रीको टिमले विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ’, कांग्रेसका एक नेताले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend