२०८३, आश्विन १९ गते

images

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२०७:२३
सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२०७:२३
  • images

    काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र तिनका बालबालिकाको लागि काम गर्दै आएको धनगढीस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ। संस्थामा ६५ जना महिला र तिनका बालबालिका आश्रित रहेको बताइएको छ ।

    संस्थालाई बैंकले करीब २ महीनालाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको हो। संस्थामा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री संस्थालाई हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थाले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र तिनका बालबालिकाको हेरचाहमा गरेको प्रयासको प्रशंसा गर्दै संस्थाको अभियानसँग जोडिन पाउँदा खुशी व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend