काठमाडौँ । ग्लोबल आइएमई बैंकले एकैपटक २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द गरिएको जनाएको हो ।
बैंकको संचालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई साउन १७ गतेदेखि गरेको बताइएको छ । साथै उक्त स्थानका ग्राहकहरूले नजिकैका शाखाहरूबाट बैंकिङ्ग सेवा नियमित गर्न बैंकले अुनरोध गरेको छ ।

