काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको लागि स्वीकृति दिएको जानकारी दिएको हो ।
बोर्डका अनुसार कम्पनीलाई ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति पाएको छ । कम्पनीले ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सम्पन्न गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ ।

