२०८३, आश्विन १९ गते

images

कर्णालीमा छैन सरकार ?

कर्णालीमा छैन सरकार ?

शनिवार, जेठ १० २०८२११:३२
शनिवार, जेठ १० २०८२११:३२
  • images

    saruwa2.webp

    -डा.अरुणा उप्रेती-

    कर्णालीमा झन्डै ४० प्रतिशत जनता गरिब ?

    कर्णालीले कहिले सुखका दिन देख्ने होला ?

    कर्णालीको स्वास्थ समाचार बडो अनौठो गरी आउँछ । कहिले यो सरुवा रोगमार्फत, कहिले एचआइभी जस्ता रोगमार्फत, कहिले खला दिसामुक्त जिल्ला भएर र कहिले फोहोर पानीको सङ्क्रमण भएर । मानौं, कर्णाली भन्नु रोग, भोक र शोकको क्षेत्र हो ।
     
    एकपल्ट मैले पनि स्वास्थ्यकर्मीको नाताले जिल्ला भ्रमण गर्ने मौका पाएको थिएँ । त्यसमध्ये खुला दिसामुक्त गरिएको कालीकोटमा शौचालय त रहेछन् । तर, त्यहाँ पानी हुँदो रहेनछ । खुला दिसामुक्त योजना अन्तरगत गैरसरकारी संस्थाहरुले शौचालय त बनाए तर शौचालयसँगै त्यहाँ पानीको व्यवस्था हुनुपर्छ भन्ने कुरा सायद योजना बनाउनेलाई थाहा पाएन । घर-घरमा शौचालय छन् । तर, त्यहाँ शौचालय कमै गरिन्छ । कारण पानी नभएका कारण त्यहाँका शौचालय बसिसक्नु छैन ।
     
    सरकारी तथ्याङ्क अनुसार कर्णालीमा ७८ प्रतिशतले शुद्ध पानी पिउन पिउँछन् भन्ने देखाउँछ । तर, यथार्थमा त्यस्तो छैन । कर्णालीका कतिपय गाउँमा शुद्ध पानी त परको कुरा, अशुद्ध पानी पनि पिउन कठिन छ । विहानभरी लगाएर डोकोमा ल्याएको पानी अशुद्ध हुन्छ र यही अशुद्ध पानी पिएकै कारण बालबालिकाहरु कुपोषणको शिकार हुन्छन् । शिक्षित मानिसलाई अशुद्ध पानीले रोग निम्त्याउँछ भन्ने थाहा भए पनि कुपोषण पनि बढाउँछ भन्ने सायदै थाहा होला ।
     
    सरुवा रोग र कुपोषण लाग्ने कर्णालीका स्वास्थ चौकीमा सरकारले यसबाट लड्न भिटामिन, क्याल्सियम, प्रोटिनका कुरा गरे पनि शुद्ध पानी नपिएसम्म स्वास्थमा सुधार आउँदैन भन्ने सामान्य जानकारी भएको देखिँदैन । रोग लाग्ने वित्तिकै ह्वारह्वार्ती बालभिटा र बनिबनाउन पौस्टिक दिए पनि वर्षौंअशुद्ध पानी पिएको शरीरमा त्यसले खासै फरक पर्दैन भन्ने जानकारीको सर्वथा अभाव छ । यसले जतिसुकै स्वास्थसम्बन्धी काम गरे पनि कर्णालीमा ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ कर्णालीमा घुम्दै सरुवा रोग आइपुग्छन् ।
     
    नेपाल सरकारले अहिलेसम्म नबुझेको कुरा के भने रक्तअल्पत्ता अर्थात रगतको कमी भएकी आमाबाट जन्मेको शिशुमा नै ‘रोगसंग लड्ने शत्ति कम हुन्छ । आमाबाट दूध नपाउँदा वा घरमा रहेका पोषणयुक्त खाना नपाउँदा बच्चा झन कुपोषित हुन जान्छ । सरुवा रोग लागेर ठीक भयो भने पनि उ कमजोर, पिलन्धरे हुन्छ । यो अवस्थामा कुनै समस्या आउनेवित्तिकै झाडा पखाला, खोकी लागेर, पानी शरीरमा नभएर वा निमोनिया भएर मृत्यु हुन्छ । कतिपय कर्णालीको घरमा बालबालिकाको मृत्यु हुँदा राष्ट्रियतथ्यांकमा समेत आउँदैन ।
     
    पञ्चायत कालमा कर्णालीको विकास भन्नु नै चामल बाँड्ने काम थियो । त्योबेला यस्तो लाग्थ्यो मानौं, कर्णाली र चामल एक अर्काका पूरक हुन् । ०४६ सालपछि कर्णालीको केही भागमा बाटो पुगे । गाडीहरु पुगे । अब चामलभन्दा रोग र महामारीको समाचारले ढाक्न थालेको छ ।एकजना स्वास्थकर्मी र नागरिक भएका नाताले मलाई सधैं अनौठो लाग्छ, सरकारले कर्णालीमा यति धेरै समस्या किन छ भनेर किन विचार गरेको छैन ? अध्ययन अनुसन्धान भएको छैन ? त्यसलाई कसरी अम्बल गर्ने भन्ने कुराको सही निर्क्यौल गरेको छ ?
     
    सरकारी तथ्याङ्क अनुसार कर्णालीमा ७८ प्रतिशतले शुद्ध पानी पिउन पिउँछन् भन्ने देखाउँछ । तर, यथार्थमा त्यस्तो छैन । कर्णालीका कतिपय गाउँमा शुद्ध पानी त परको कुरा, अशुद्ध पानी पनि पिउन कठिन छ । विहानभरी लगाएर डोकोमा ल्याएको पानी अशुद्ध हुन्छ र यही अशुद्ध पानी पिएकै कारण बालबालिकाहरु कुपोषणको शिकार हुन्छन् । शिक्षित मानिसलाई अशुद्ध पानीले रोग निम्त्याउँछ भन्ने थाहा भए पनि कुपोषण पनि बढाउँछ भन्ने सायदै थाहा होला ।
     
    सरुवा रोग र कुपोषण लाग्ने कर्णालीका स्वास्थ चौकीमा सरकारले यसबाट लड्न भिटामिन, क्याल्सियम, प्रोटिनका कुरा गरे पनि शुद्ध पानी नपिएसम्म स्वास्थमा सुधार आउँदैन भन्ने सामान्य जानकारी भएको देखिँदैन । रोग लाग्ने वित्तिकै ह्वारह्वार्ती बालभिटा दिए पनि वर्षौंअशुद्ध पानी पिएको शरीरमा त्यसले खासै फरक पर्दैन भन्ने जानकारीको सर्वथा अभाव छ । यसले जतिसुकै स्वास्थसम्बन्धी काम गरे पनि कर्णालीमा ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ कर्णालीमा घुम्दै सरुवा रोग आइपुग्छन् ।
     
    सञ्चारमाध्यमहरुका मुख्य समाचार ‘कर्णालीमा सरुवा रोगका कारण …मान्छेको मृत्यु’ देखिनु सायद कुनै नौलो कुरा होइन । किनभने दोस्रो दिन सञ्चारमाध्यममा अर्को समाचार देखिन्छ, ‘कर्णालीमा हेलिकप्टरबाट डाक्टर र औषधि पठाइयो’ । तेस्रो दिन कर्णालीका सांसद र सरकारका स्वास्थ मन्त्रीहरुबीच बहस सुरु हुन्छ । स्वास्थ मन्त्रीले ‘कर्णालीमा उपचार व्यवस्था गर्न सरकार लागेको’ बताउँछन् ।
     
    कर्णालीले कहिले सुखका दिन देख्ने होला ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend