२०८३, आश्विन २० गते

images

धार्केमा भासिँएको पुलको मर्मत गरिँदै(भिडियो)

धार्केमा भासिँएको पुलको मर्मत गरिँदै(भिडियो)

मंगलवार, जेठ १३ २०८२०५:५२
मंगलवार, जेठ १३ २०८२०५:५२
  • images

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलामाथी रहेको पुलको एकापट्टिको भाग भासिँदा सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको छ । निर्माणाधीन सडकमा पुलको छेउमा नयाँ पुल निर्माणको क्रममा सङ्गै जोडिएको पुरानो पुलको एकापट्टिको भाग २ मिटर लम्बाई र १.५ मिटर चौडा भाग भासिएको हो । पुल भासिएपछि काठमाडौं भित्रने र बाहिरीने सवारी साधन रोकिएका छन । 

    नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११:३० देखि ३ बजेसम्म सवारी आउ-जाउ रोकिएपछि धार्के सितापाइला सडकबाट साना सवारी आउ-जाउ गर्ने गरेको थियाे । तर, सोप्याङ खोलाको पुल भासिएपछि पृथ्वी राजमार्गबाट काठमाडौं आउ-जाउ गर्ने सवारी पुर्ण रूपमा रोकिएको छ । उक्त पुलको अहिले मर्मत कार्य भइरहेको छ । 

    भिडियो : प्रविन भुजेल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend