२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा आज, यी...

नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा आज, यी हुन् एजेण्डा

नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा आज, यी हुन् एजेण्डा

सीएनएन खबर
शुक्रवार, जेठ १६ २०८२११:४०
सीएनएन खबर
शुक्रवार, जेठ १६ २०८२११:४०
  • images

    काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो साधारणसभा आज बस्दैछ । भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आह्वान गरिएको हो । साधारणसभाका लागि जेठ ८ गते बुक क्लोज गरिएको थियो ।

    कम्पनीले साधारणसभाबा २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने,  सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा निर्धारण गर्ने साधारण प्रस्ताव अघि सारेको छ ।

    यस्तै साधारणसभामा अध्यक्षद्वारा आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ।व। २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने लगायत प्रस्तावहरु गरिएको छ ।

    साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आव २०८१/८२ को लागि बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ भने सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदनको प्रस्ताव पनि गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend