२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अखिलको नेतृत्व सर्वसम्मत गर्न एमालेको निर्देशन,...

अखिलको नेतृत्व सर्वसम्मत गर्न एमालेको निर्देशन, निर्वाचनको माग गर्दै बन्दसत्रमै नाराबाजी

अखिलको नेतृत्व सर्वसम्मत गर्न एमालेको निर्देशन, निर्वाचनको माग गर्दै बन्दसत्रमै नाराबाजी

मंगलवार, जेठ २७ २०८२११:५७
मंगलवार, जेठ २७ २०८२११:५७
  • images

    काठमाडौँ । काठमाडौँमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्दैछ । अनेरास्ववियुको आगामी कार्यकालका लागि डा. सुजन कडरियालाई सर्वसम्मत गरेर लैजान पार्टीबाट निर्देशन आएपछि प्रकाश पौडेल पक्षधरले विरोध जनाएका छन् । 

    बन्द सत्रमै निर्वाचनको माग गर्दै उनीहरुले नाराबाजी समेत गरेका छन् । बन्दसत्र सकिएपछि मंगलबारदखि निर्वाचनको प्रक्रिया सुरु हुँदैछ । निर्वाचनमा नै नगई सर्वसर्वत रुपमा नयाँ समिति घोषणा गर्द पार्टीबाट दबाद आएपछि पौडले पक्षधरले निर्वाचनको माग गर्दै नाराबाजी गरेको हो । 

    अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्षे उमेरहद लाग्दैछ। उमेरहद लाग्दा निवर्तमान कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिनेछन् । 

    पाँच जना सचिव मात्रै बाँकी रहनेछन्। सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई मात्रै बाँकी रहन्छन्। उनीमध्येलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ । अहिले पाँचै जनाले अध्यक्षको आकांक्षा राखेको अनेरास्ववियुका प्रतिनिधिहरूले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend