२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • सिटिजन्स बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा...

सिटिजन्स बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण सम्पन्न

सिटिजन्स बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण सम्पन्न

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०४:०६
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०४:०६
  • images

    काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै वातावरणीय संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यसहित बैंकले दुईवटा फरक प्रदेशमा एकैदिन वृक्षारोपण गरेको हो।

    लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका–५ स्थित वनबाटिका क्षेत्रमा करिब १०५ विभिन्न प्रजातिका विरुवा रोपिएको छ भने कर्णाली प्रदेशको बिरेन्द्रनगर नगरपालिका–६ स्थित भाइराम सामुदायिक वन क्षेत्रमा १०० भन्दा बढी विरुवा रोपिएको बैंकले जानकारी दिएको छ। रोपिएका विरुवामा मुख्यतः स्थानीय प्रजातिका फलफूल, औषधीय र छायादार बिरुवाहरू समावेश गरिएको थियो।

    कार्यक्रममा बैंकका कर्मचारीहरू, स्थानिय सरोकारवाला निकायका प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता समूह तथा वातावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण मात्र नभई वातावरणीय सचेतना अभिवृद्धि गर्ने सन्देश पनि प्रवाह गरेका थिए।

    सिटिजन्स बैंकले यसअघि पनि विभिन्न सामुदायिक विद्यालय, मठ–मन्दिर, तथा ग्रामीण क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर, स्वच्छता कार्यक्रम तथा पूर्वाधार सहयोगमार्फत सामाजिक उत्तरदायित्वका विविध पहलहरू सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend