२०८३, आश्विन १९ गते

images

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

बिहिवार, जेठ २९ २०८२१०:२३
बिहिवार, जेठ २९ २०८२१०:२३
  • images

    काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहानबाट मतदान सुरू भएको छ। काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा केही बेरअघिबाट विद्युतीय उपकरणमार्फत् मतदान सुरू भएको हो। मतदानको समय अपराह्न ४ बजेसम्मका लागि छुट्टयाइएको छ। मतपरिणाम पनि आजै आउने जनाइएको छ।

    अनेरास्ववियुको महाधिवेशनमा निवर्तमान सचिवद्वय प्रकाश पौडेल र डा। सुजन कडरियाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन्।उनीहरूले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरिरहेका हुन्। पौडेल समूहबाट महिला उपाध्यक्षमा आरती भट्टराई र खुला उपाध्यक्षमा विकास श्रेष्ठले प्रतिस्पर्धा गरिहेका छन्।

    त्यस्तै महासचिवमा आरके रोमस र उपमहासचिवमा कमल जोशी प्रतिस्पर्धामा छन्। डा. सुजन कडरिया समूहबाट महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल प्रतिस्पर्धामा छन्। महासचिवमा दीपक धामी र उपमहासचिवमा प्रेमिका शाहीले उम्मेदवारी दिएकी छन्।

    उपाध्यक्षमा ९, महासचिवमा ३, उपमहासचिवमा ३ र सचिवहरूमा ३६ जनाको उम्मेदवारी परेको छ। ९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यी कमिटीका लागि ५०० जनाभन्दा बढी प्रतिस्पर्धामा छन्। केही निर्विरोध निर्वाचित भइसकेका छन्।गत जेठ २५ गतेदेखि चलेको महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend