२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • वडाअध्यक्षको प्रस्तावः प्रदेश खारेज गरेर सिधै...

वडाअध्यक्षको प्रस्तावः प्रदेश खारेज गरेर सिधै स्थानीय तहलाई बजेट

वडाअध्यक्षको प्रस्तावः प्रदेश खारेज गरेर सिधै स्थानीय तहलाई बजेट

सीएनएन खबर
बिहिवार, आषाढ ५ २०८२११:००
सीएनएन खबर
बिहिवार, आषाढ ५ २०८२११:००
  • images

    काठमाडौ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा प्रदेश सभा खारेज गर्न प्रस्ताव पेस भएको छ। बिहीबार (असार ५ गते) सुरु भएको १७ औँ नगर सभामा यस्तो प्रस्ताव पेस भएको हो।

    नगरसभा सदस्य तथा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको प्रस्तावमा प्रदेश सरकार खारेज गरेर केन्द्रबाट जाने बजेट सिधै स्थानीय तहमा पठाउन आग्रह गरिएको छ।

    प्रस्तावमा भनिएको छ, ‘यो सभा समक्ष नेपालको संविधान अनुसार बनेको प्रदेश सरकारको आव २०८२/०८३ को नीति तथा कार्यक्रम र विनियोजित आर्थिक ऐनहरूका विषयमा गम्भीर प्रश्न खडा भएकोले प्रदेश सरकार खारेज गरी प्रदेश सरकारलाई दिने विनियोजित बजेट सिधा स्थानीय तहमा विनियोजन गर्न यस सभामा आह्वान सँगै संसदमा पेस गर्न यस सम्मानित सभामा प्रस्ताव पेस गर्दछ।’

    वडाअध्यक्षले राखेको यो प्रस्तावमा सहभागीहरूले ताली बजाएर समर्थन गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend