२०८३, आश्विन १९ गते

images

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द

मंगलवार, आषाढ १० २०८२०३:५०
मंगलवार, आषाढ १० २०८२०३:५०
  • images

    काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार ४.७८ अंकले बढेको नेप्से यसदिन ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‌ेक्स ०.१० प्रतिशतले बढेको छ।

    नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३१६ स्क्रिप्सको १ करोड ३८ लाख  १८ हजार  ५५९ कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख  ९५ लाखमा खरिदबिक्री भए। सोमबार ६ अर्ब बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि पहिलो कारोबार दिन आइतबार ९ अर्ब माथिको सेयर किनबेच भएको थियो।

    नेप्से परिसूचक सामान्य अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। ओम मेघाश्री फर्माक्युटिकल्सको शेयर सर्वाधिक ८.०१ प्रतिशतले बढ्यो। २७ करोडको सेयर कारोबार गरी बुटवल पावर शीर्ष स्थानमा रह्यो। राधी विद्युतको २३ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन पावर र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २३/२३ करोड मूल्यको सेयर कारोबार गरे।

    कारोबारमा आएकामध्ये १०७ स्टक्सको मूल्य बढ्दा १४२ वटाको घट्यो।  पाँच समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो। बैंकिङ,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो,माइक्रोफाइनान्स,म्युचुल फण्डको सेयर बढ्दा अन्यको बढेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend