२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एकैपटक २० वटा ठेकेदार कम्पनी सरकारको...

एकैपटक २० वटा ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

एकैपटक २० वटा ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

सीएनएन खबर
शुक्रवार, श्रावण २५ २०८१०९:५३
सीएनएन खबर
शुक्रवार, श्रावण २५ २०८१०९:५३
  • images

    काठमाडौँ । सरकारले एकैपटक २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । समसमै निर्माण कार्य सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

    कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।


    कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवनरमैनाचुलीरखम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।

    काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    Black-List-scaled.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend