२०८३, आश्विन १९ गते

images

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन प्रोडक्टमा कति ?

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन प्रोडक्टमा कति ?

मंगलवार, आषाढ १७ २०८२१०:३१
मंगलवार, आषाढ १७ २०८२१०:३१
  • images

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो।

    जसअनुसार कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ।

    त्यसैगरी भाग्योदय जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, बाल समृद्ध जीवन बीमामा ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमामा ३० देखि ५२ रुपैयाँसम्म र सुनौलो बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५२ रुपैयाँसम्म बोनस दिने भएको छ।

    यता नवीन आजीवन जीवन आजीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख, धनलक्ष्मी जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमलेखमा २३ देखि २५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

    यो बोनसदर मुनाफामा सरिक हुने गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेमा उक्त आर्थिक वर्षको लागि प्रति वर्ष प्रति हजार बीमांक रकममा यही बोनसदर कायम हुने कम्पनीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend