२०८३, आश्विन १९ गते

images

बुधबार एकैदिन साढे ३८ अर्ब भुक्तानी, सरकारको आम्दानीभन्दा खर्च ३ खर्ब ७३ अर्ब बढी

बुधबार एकैदिन साढे ३८ अर्ब भुक्तानी, सरकारको आम्दानीभन्दा खर्च ३ खर्ब ७३ अर्ब बढी

बिहिवार, आषाढ २६ २०८२१०:४७
बिहिवार, आषाढ २६ २०८२१०:४७
  • images

    काठमाडौँ । सरकारी कोषबाट बुधबार एकैदिन साढे ३८ अर्ब बढीको रकम भुक्तानी भएको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अुनसार बुधबार एकैदिन ३८ अर्ब ६१ करोड १७ लाख रुपैयाँ बढीको भुक्तानी भएको हो । 

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, ०७७ अनुसार आर्थिक वर्ष सकिनु एक साताअगावै भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । जसअनुसार चालू आर्थिक वर्ष ०८१/८२ सकिनु सात दिनअघि अर्थात् २५ असारसम्ममा सरकारी निकायले भुक्तानीमा तीव्रता दिदा एकैदिन उक्त रकम भुक्तानी भएको हो । 

    सरकारी खाता रोकिएको अन्तिम दिन अर्थात असार २५ गतेसम्म १५ खर्ब ५ अर्ब १९ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । यो अवधिमा सरकारले सबै शिर्षकबाट ११ खर्ब १९ अर्ब ८७ करोड प्राप्ति गरेको छ ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु शिर्षकमा ९ खर्ब ७८ अर्ब ९४ करोड खर्च भएको छ । विकास खर्चतर्फ २ खर्ब ८ अर्ब ३४ करोड भुक्तानी भएको छ ।

    सरकारले लिएको सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीका लागि ३ खर्ब १७ अर्ब ९० करोड खर्च भएको छ । आम्दानी तर्फ राजस्व शिर्षकमा १० खर्ब ९७ अर्ब ७२ करोड प्राप्ती भएको छ । द्धिपक्षिय र बहुपक्षिय अनुदान गरी कुल २१ अर्ब ८८ करोड प्राप्त हुदाँ अन्य शिर्षकमा ११ अर्ब ९३ करोड प्राप्त भएको छ ।

    सरकारको आम्दानीको तुलनामा खर्च ३ खर्ब ७३ अर्ब ६५ करोड बढि रहेको छ ।  सरकारले चालु वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्ने लक्ष्य लिएको छ।

    यस्तै, १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गतवर्ष यो अवधिमा १३ खर्ब ५६ अर्ब २१ करोड खर्च भएको थियो भने सरकारको प्राप्ति १० खर्ब १५ अर्ब थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend