२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सकियो बन्दीपुर शिव महिम्नाहा उत्सव, एकैदेखि...

सकियो बन्दीपुर शिव महिम्नाहा उत्सव, एकैदेखि ६ हजार भक्तजनको सहभागिता

सकियो बन्दीपुर शिव महिम्नाहा उत्सव, एकैदेखि ६ हजार भक्तजनको सहभागिता

सीएनएन खबर
मंगलवार, श्रावण २९ २०८११२:०२
सीएनएन खबर
मंगलवार, श्रावण २९ २०८११२:०२
  • images

    काठमाडौँ । बन्दीपुरमा साउन १ गतेदेखि सञ्चालित शिव महिम्नाहा उत्सवको समापन गरिएको छ । साउनको अन्तिम सोमबार एकैदिन ६ हजारभन्दा बढी भक्तजनको  उपस्थितिमा उक्त उत्सव सम्पन्न गरिएको हो । 

    ब्यास आश्रमका संरक्षक कीर्तन शिरोमणि शान्ति स्वरुपानंद दामोदर बाबाको उपस्थितिमा १ महिनासम्म सञ्चालित उक्त उत्सव समापन गरिएको आयोजकले जनाएको छ । 

    वनदेवीको मुख्य आश्रम स्थल बन्दीपुरमा नै रहेको र भगवान् शिवजीले वनदेवीलाई प्रेरणाको स्रोतको रूपमा लिने गरेकोले बन्दीपुर धार्मिक पर्यटनको केन्द्र बन्नुपर्ने उनले धारणा राखेका थिए । 

    समापनको समारोहमा एक दिने शिव पुराण पण्डित दीपक सापकोटाले सङ्गीतमय ढङ्गबाट प्रस्तुत गरेका थिए । 

    शिव महिम्नाहा उत्सव सोमबारै सकिएपनि सन्ध्याकालीन आरती भने साउन ३२ सम्म सिद्धेश्वर महादेव मन्दिर केबलकार चोकमा चलिरहनेछ।

    साउन महिनाभरि चलेको महामहिमा यात्रा सम्पन्न गर्न बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने समग्र इभेन्ट व्यवस्थापन आरकेडि होल्डिङ्ग लिमिटेडले गरेको कार्यक्रममा सहयोगीका रूपमा बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।

    साउन महिनाभर बन्दिपुर केबलकारमा उत्सव साउन महिनाभर बन्दिपुर केबलकारमा उत्सव

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend