२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सन नेपाल लाइफको १ करोड भन्दा...

सन नेपाल लाइफको १ करोड भन्दा बढी कित्ता हकप्रद शेयर सूचीकृत

सन नेपाल लाइफको १ करोड भन्दा बढी कित्ता हकप्रद शेयर सूचीकृत

सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२१०:५१
सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२१०:५१
  • images

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड बढी हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले हाल कायम कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा २७ प्रतिशत दरले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्री गरेको हो ।

    कम्पनीले लिलामी शेयरभन्दा बाहेकका शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । कम्पनीले २७ प्रतिशत हकप्रद शेयर वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन गरी असार १२ गते बाँडफाँट गरेको थियो । असार १२ गते बाँडफाँट गरेको १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर असार ३० गते नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीले त्यस अवधिमा विक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको छ । संस्थापक तर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारणतर्फको १ करोड ४४ लाख ५०६ कित्ता हकप्रद शेयर भने लिलामी प्रक्रियाबाट विक्री गरिएको हो ।

    कम्पनीले ५ अर्ब चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो । लिलामीमा आएको हकप्रद शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend