२०८३, श्रावण २५ गते

images

५० प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा, यस्तो छ अन्य सूचक

५० प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा, यस्तो छ अन्य सूचक

images
आइतवार, श्रावण २५ २०८२०८:१४
आइतवार, श्रावण २५ २०८२०८:१४
  • काठमाडौँ । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा अहिलेसम्मकै उत्कृष्ट प्रदशन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा झन्डै ५० प्रतिशतले बढेको छ। 

    अघिल्लो बर्षको यस अवधिको तुलनामा बैंकको खुद मुनाफा ४२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको थियो। बैंकको यो नाफा कृषि विकास बैंकको आफ्नो इतिहासमै अहिलेसम्मकै बढी हो। 

    त्यस्तै, बैंकको संचालन मुनाफा पनि अघिल्लो बर्षको यस अवधिको तुलनामा उल्लेख्य रुपले बढेको छ। अघिल्लो बर्षको यस अवधिमा ९ अर्ब ७६ करोड संचालन मुनाफा रहेकोमा गत बर्ष ११ अर्ब ८९ करोड पुगेको छ। त्यस्तै, बैंकको मुख्य आम्दानीको रुपमा मानिने खुद ब्याज आम्दानी पनि ९ अर्ब ८२ करोड पुगेको छ। 

    यस अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब २ करोड कर्जा परिचालन गरेको छ। त्यस्तै, यस अवधिमा बैंकको कुल सम्पती ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ। 

    बैंकले स्ट्यानटडर्ड चार्टड बैंकलाई बेचेको ८ अर्बको कृषि कर्जा घटाएपछि पनि बैंकको लाभांश क्षमता अहिलेसम्मकै बढी देखिएको छ। यस अवधिमा बैंकसंग लाभांश क्षमता १८.५३ प्रतिशत रहेको छ।  यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रहेको छ। 

    बैंकले जोखिम न्यूनतम राख्ने रणनीतिअनुसार प्राथमिकता प्राप्त कर्जामा ध्यान केन्द्रित गर्दै लगानी पोर्टफोलियो विस्तार गरेको छ। यसले गर्दा गैर–सञ्चल कर्जा अनुपात घटे ३ दशमलब २६ प्रतिशतमा झरेको छ। अघिल्लो बर्ष बैंकको एनपीएल ३ दशमलब ९१ प्रतिशत थियो। 

    प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। प्रतिशेयर आम्दानी ९भ्एक्० १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने  प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा पुगेको छ।  बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशतमा छ। 

    झन्डै ५० प्रतिशतले नाफा वृद्धि, घट्दो खराब कर्जा र घट्दो कर्जा दायित्व,  सुदृढ पूँजी संरचना र सन्तुलित कर्जा रणनीतिले कृषि बैंकलाई आगामी बर्षमा अझ मजबुत बनाउने संकेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend