२०८३, आश्विन २० गते

images

संगीत उद्योग संघका अध्यक्ष नै मावन तस्करीमाः अष्ट्रेलिया लैजाने भन्दै उठाउँदैछन् पैसा

संगीत उद्योग संघका अध्यक्ष नै मावन तस्करीमाः अष्ट्रेलिया लैजाने भन्दै उठाउँदैछन् पैसा

मंगलवार, भाद्र ४ २०८११२:१२
मंगलवार, भाद्र ४ २०८११२:१२
  • images

    काठमाडौँ । नेपाल सङ्गीतिक उद्योग संघ भन्नासाथ कलाकारको संस्था भन्ने बुझिन्छ । तर, कलाकालको हक हितका लागि खुलेको उक्त संघ पछिल्लो समय पैसा कमाउने धन्दामा लागेको छ भन्दा फरक नर्पला । 

    कलाकारको हत हितको संरक्षणका लागि दर्ता भएको संघ नै पछिल्लो समय नक्कली कलाकार खडा गरी पैसा कमाउने धन्दामा लागेको प्रमाण बाहिरिएको छ । संस्थाको दोस्रो कार्यकालका लागि अध्यक्ष भएका डा. सूर्यवहादुर मगर नै मावन तस्करीमा जोडिएको भन्दै भिडियो रिपोटहरु सार्वजनिक भएका छन् । 

    हिमालयन टिभीले केही दिन अघि मात्र उक्त संघका अध्यक्ष नै मानव तस्करीमा जोडिएको भन्दै भिडियो रिपोट सार्वजनिक गरेको थियो । टिभीले आफ्ना रिपोटरलाई खोज रिपोर्टिङमा पठाएर अध्यक्ष मगरले गरेको बार्गेनिङको अडियो भिडियो सार्वजनिक गरेको छ ।

    ‘तपाइँ अष्ट्रेलियाको भिसा नलागेर दिक्क हुनुभएको छ । तपाइँलाई अष्ट्रेलिया जान पाए जनिपनि खर्च गर्थेभन्ने लागेको छ । अष्ट्रेलिया छिर्न पाए उतै लुकेर बस्न पाइने प्रलोभवन पर्नु भएको छ । या तपाइँलाई कलाकार वा कुनै नाममा अष्ट्रेलिया लगेर छोडिदिने दलालको खोजिमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने तपाइँ ढुक्क हुनुहोस्, र यो विज्ञापन सुन्नुहोस्’, भिडियोमा भनिएको ।

    संघका अध्यक्ष डा. मगरले हिमालय टिभीको रिपोटरलाई नक्कली कलाकारका रुपमा अष्ट्रेलिया लैजान सकिने बताउँदै भन्छन्, ‘यदि तपाइँहरु कन्फम हो भने आज पैसा जम्मा गरिदिनुस्, तपाइँहरुको डकुमेन्टहरु के छन् छोडिदिनुस् । कुन बिधामा तपाइँहरुलाई सजिहो हुन्छ, हो त्यो पनि खुलाइदिनुस् । पत्रकारमै सजिलो हुन्छकी या कलाकार बनाउने हो कि ? के गरेर सजिलो हुन्छ ।’

    नेपाल सङ्गीतिक उद्योग संघका अध्यक्ष मगरले नै खुलेआम पत्रकार तथा कलाकार बनाएर मानव तस्करी गर्दै आएको भन्दै टिभीले भिडियो सार्वजनिक गरेको हो । 

    उक्त भिडियो अनुसार अध्यक्ष मगर स्वयम ले नै पद र संस्थाको दुरुपयोग गर्दै नक्कली कलाकार बनाएर मावन तस्करी गर्दै आएको प्रष्ट सुन्न सकिन्छ । 

    अग्रजको नाम लिदैँ दाम कमाउँदै

    संघका अध्यक्ष मगरले अग्रह कलाकारहरुको नाम लिदैँ, पद र संस्थाको लेटरप्याड दुरुपयोग गरी पैसा कमाउने धन्दा चलाएको प्रष्ट हुन्छ । 

    ‘नेपाल सङ्गीतिक उद्योग संघ गोपाल योञ्जन, मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य दाईहरुले खोल्नुभएको संस्था हो । यो उद्योग वाणिज्य महासंघमा पनि वस्तुगत सदस्य छ । यसले अगाडी देखि अवार्ड गर्दै आएको छ, राम्रो छाप छोडेको छ । एक त, दर्ता गर्ने, चलाउने सञ्चालकहरु पनि राम्रो’, उनले पत्रकारलाई प्रलोभवनमा पार्न अग्रहहरुको नाम लिएका थिए । 

    उनले अग्रजहरुको नाम बिकाउँदै २० देखि २२ लाख प्रति व्यक्तिबाट लिएर अष्टे«लिया लगायतका देशमा मानिस पठाउने सकिने पत्रकारलाई बताएका थिए । 

    ‘पुरै डकुमेन्ट हामीले बनाइदियाैँ भने, २ लाख रुपैयाँ लाग्छ । होइन, म आफै डकुमेन्ट बनाउँछु भन्नु भयो भने २० लाख रुपैयाँमा भिसा लाग्छ । तपाइँले २० लाख रुपैयाँ भोलिनै देखि जम्मा गर्दा पनि हुन्छ’, उनले भनेका छन्, ‘मैले भनेको तपाइँले पैसा जम्मा गर्नु थाल्नुभयो भने तपाइँको भिसा सतप्रतिशत लाग्छ भनेको हुँ । अहिले सबैको नामहरु गैसकेको छ । हामीले ४०/४२ जनाको नाम पठाइसकेका छाैँ ।’

    magar team.jpg

    अष्ट्रेलिया पुगेको २ दिनमै सेटल

    उनले नेपालबाट अष्ट्रिलिया पुगेको २ दिनभित्र सेटलमेन्टको काम भैसक्ने दाबी गरे । १० दिनसम्म आयोजकले  विभिन्न स्थानमा घुमाइदिने भन्दै उनले त्यसपछि उतै सेटलहुने लुकेर बाँकी नेपाल फर्कने दाबी गरे । 

    उनको भनेका छन्, ‘अष्टे«लिया पुगेको २ दिनभित्र तपाइँको सबै सेटल भैसकेको हुन्छ । हामी १० दिनसम्म तपाइँहरुसँगै हुन्छौँ । त्यहाँका आयोजकसहित विभिन्न स्टेटमा कार्यक्रम गर्ने घुम्ने र घुमाउने सम्पूर्ण काम आयोजक टिमले गर्छन् । त्यसपछि हराउने उतै बस्ने, फर्कनेहरु नेपाल फर्कने हो ।’

    यस्तै, उनले अष्ट्रेलिया पुगेको २ दिनमै सेटलको काम हुने भन्दै त्यहाँ पुगेर अध्ययन गर्नुपर्ने बताउने गरेका छन् । कलेजका लागि बुझाउनुपर्ने ६ महिनासम्मको शूल्क समेत आफुहरुले तिरिदिने भन्दै ढुक्क भएर २२ लाख बुझाउन उनीहरुले आग्रह गर्ने गरेका छन् । 

    दशैंमा अष्ट्रेलियामा कलाकारहरु कम जाने भन्दै उनले त्यही मौकामा अवैध कलाकारहरुलाई उतै लैजाने योजना रहेको बताए । 

    कार्यक्तम नै लिएर हामी सबै जाने हो । ४२ जनासम्म लैजान सकियो योजना रहेको उनले बताए । उनले दशैका लागि ४२ जना कलाकारहरुलाई अष्ट्रेलिया लैजान सकिनेभन्दै सबै जनाको नाम फाइनल भैसकेको दाबी गरे । 

    दशैका लागि मात्रै उक्त संस्यामा नक्कली कलाकार बनाएर अष्ट्रेलिया लैजाने तयारीमा रहेका उनै मगरले यसअघि कति जनालाई कुन कुन देशमा पुर्याए भन्नै यकिन तथ्यांक भने छैन् । 

    खुलेआम नक्कली कलाकार बनाएर विभिन्न देशमा मानव तस्कर गर्दै आएपनि पनि अहिलेसम्म पावर र पैसाका आडमा जोगिदै आएका छन् । 

    के भन्छ्, मानव बेचबिखन अनुसन्धान ब्यूरो ?

    संघका अध्यक्षले पावरको दुरुपयोग गर्दै विभिन्न देशमा मावन तस्करी गर्दै आएको प्रमाण भेटिएपनि प्रहरीले हालसम्म उनी अनुसन्धानको घेरामा आएका छैनन् । 

    मानव बेचबिखत अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्र भने गैर कलाकारलाई कलाकार बनाएर कुनै पनि देशमा लैजान नपाउने बताउँछन् । 

    ‘कलाकार भिसामा जाने भनेको कलाकारहरु मात्रै हो । फेक डकुमेन्ट बनाएर गौर कलाकारलाई कलाकार बनाएर कसैले पनि लैजान पाउँदैनन् । त्यसरी झुटा विवरणहरु पेश गरेर एउटा व्यक्तिलाई एक देशबाट अर्काे देशमा लगिन्छ भने त्यसलाई मावन तस्करी भनिन्छ’, उनले भनेका छन् । 

    उनले उक्त कार्य गर्ने जोसुकैलाई ७ वर्षदेखि १० वर्षसम्म कैद हुने कानूनी व्यवस्था समेत उल्लेख गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend