२०८३, आश्विन १९ गते

images

सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर

सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर

बिहिवार, श्रावण २९ २०८२०५:१७
बिहिवार, श्रावण २९ २०८२०५:१७
  • images

    काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपभोग दस्तुर तोकेको हो । जसअनुसार, कार र भ्यानहरूका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । 

    यस्तै मिनी बस/ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, बस तथा ट्रक काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तिर्नुपर्ने छ । 

    बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भारी उपकरणले काठमाडौं आउँदा ६०० र जाँदा २५० दस्तुर तिर्नुपर्ने बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend