२०८३, श्रावण २५ गते

images

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

images
सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२११:१०
सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२११:१०
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयबाट सञ्चालकमा सिफारिस भएका पौडेललाई बुधबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो।

    अर्थ मन्त्रालयले व्यवस्थापकीय दक्षता र दीर्घ अनुभवका आधारमा पौडेललाई सञ्चालकमा नियुक्त गरेको जनाएको छ। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा २५ वर्षभन्दा बढी नेतृत्वदायी अनुभव छ। उनले वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने कार्ययोजनामा सक्रिय भूमिका खेलेका थिए।

    त्यस्तै, चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पतालको सफल नेतृत्व गर्दै स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। पौडेलले वित्त तथा व्यवस्थापन परामर्शदाताको रूपमा देश–विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरेका छन्।हाल उनी ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेड का अध्यक्षको भूमिकामा पनि सक्रिय छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend