२०८३, आश्विन १९ गते

images

एक खर्ब रुपैयाँको लगानी भित्र्याउन लगानी बोर्डलाई प्रधानमन्त्रीको कार्यादेश

एक खर्ब रुपैयाँको लगानी भित्र्याउन लगानी बोर्डलाई प्रधानमन्त्रीको कार्यादेश

सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०१:१९
सीएनएन खबर
बिहिवार, भाद्र १२ २०८२०१:१९
  • images

    काठमाडौं । सरकारले देशमा लगानी भित्र्याउने आफ्नो प्रतिबद्धतालाई बल पुर्याउन लगानी बोर्डलाई चालू आर्थिक वर्षभित्र एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धतासहित सम्झौता गर्ने कार्यादेश दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेका हुन्।

    बोर्डका सीईओ ज्ञवालीले सुदूरपश्चिम प्रदेशमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै आफूलाई सरकारले १०० अर्ब रुपैयाँको लगानी सम्झौता गर्ने लक्ष्य दिएको जानकारी दिए। उनले यो लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकार र स्थानीय तहहरूसँग समन्वय गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, ''यस वर्ष सरकारले मलाई एक सय अर्बको लगानीको सम्झौता गर्न कार्यादेश दिएको छ, जसरी पनि त्यो लक्ष्य पूरा गर्नुपर्नेछ।''

    सुदूरपश्चिम प्रदेशमा मंसिर १ र २ गते आयोजना हुने लगानी तथा विकास सम्मेलनको सन्दर्भमा सीईओ ज्ञवालीले लगानीकर्ताहरूलाई आकर्षित गर्नका लागि नीतिगत र कानुनी स्पष्टता हुनुपर्ने धारणा राखे। उनले सार्वजनिक(निजी साझेदारी (PPP) मोडेललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र लगानीकर्ताहरूका लागि एकद्वार प्रणाली र एकल बिन्दु सेवा केन्द्रको विकास गर्नुपर्नेमा जोड दिए।

    यस्तै, उनले लगानीकर्ताहरूलाई प्रोत्साहन, सेवा सुविधा र सहुलियतका विषयमा पनि सुरुमै स्पष्ट जानकारी दिनुपर्ने बताए। अहिले जग्गा तथा वनलगायतका समस्याले लगानीकर्तालाई निरुत्साहित गरिरहेको उनको भनाइ छ। सुदूरपश्चिम प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई सो सम्मेलनमा सहभागी हुन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend