२०८३, आश्विन १९ गते

images

उद्यमी महिलाको उत्पादन बजारसम्म पुर्‍याउन ललितपुर महानगरले ल्यायो एप

उद्यमी महिलाको उत्पादन बजारसम्म पुर्‍याउन ललितपुर महानगरले ल्यायो एप

शुक्रवार, भाद्र १३ २०८२०४:५४
शुक्रवार, भाद्र १३ २०८२०४:५४
  • images

    ललितपुर । ललितपुर महानगरपालिकाले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ। महानगरमा दर्ता भएका उद्यमीले आफ्नो उत्पादनको विवरण एपमा राख्न सक्नेछन् र क्रेताले एपमार्फत लगइन गरी सामान अर्डर गर्न सक्नेछन्।

    महानगर प्रमुख चिरीबाबु महर्जन ले एपलाई महिला उद्यमीका लागि महत्वपूर्ण ‘टुल’ भएको बताए। उनले भने, “आइटीको युगमा सार्वजनिक गरिएको यो एपले उद्यमीलाई बजारसम्म जोड्न महत्वपूर्ण भूमिका खेल्छ।”

    उपप्रधान तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रकी संयोजक मञ्जली शाक्य बज्राचार्य ले एपले उत्पादन भए पनि बजार नपाएको अवस्थामा उद्यमीलाई प्रत्यक्ष क्रेतासँग जोड्ने कार्य गर्ने उल्लेख गर्दै एपको महत्त्व बताइन्। उनले भनिन्, “उद्यम र व्यवसाय फरक हुन्छ। उद्यमीले व्यवसाय सञ्चालन गर्दा गाह्रो पर्छ, तर यो एपले बजार खोज्न सहयोग पुर्याउँछ।”

    महिला शाखा प्रमुख शोभादेवी खरेल ले एपमार्फत विक्रेतासँग क्रेताले सिधै सम्पर्क गर्न सक्ने, मध्यस्थकर्ताको आवश्यकता नपर्ने, तथा सामानको गुणस्तरबारे जानकारी लिन सकिने बताइन्।

    काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डा. विनोदकृष्ण श्रेष्ठ ले एप सार्वजनिक गर्नुको लागि महानगरलाई धन्यवाद दिंदै उत्पादनको बजारीकरणमा यसले सहयोग पुग्ने बताए।

    सार्वजनिक कार्यक्रममा उद्यमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ। यस एपमार्फत महिला उद्यमीले आफ्ना उत्पादनलाई स्थायी र व्यवस्थित बजारमा पुर्याउन सक्नेछन्, जसले “उत्पादन छ तर बजार छैन” भन्ने समस्या हल गर्न सहयोग पुग्ने विश्वास महानगरले व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend