२०८३, आश्विन १९ गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रवार, भाद्र ७ २०८१०६:२८
शुक्रवार, भाद्र ७ २०८१०६:२८
  • images

    काठमाडौं । सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ । २०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् । 

    त्यस्तै सरकारले २०८१ भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तानमा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    प्रवक्ता गुरुङका अनुसार सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने,राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा डा.खगराज शर्मालाई नियुक्त गर्ने, २०८१ कात्तिक २२ देखि २४ सम्म कोलम्बियाको बोगोटामा आयोजना हुने फस्र्ट ग्लोवल मिनिस्टिरियल अन इन्डिङ भायोलेन्स एगेनिस्ट चिल्ड्रेनमा सहभागी हुन महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

    काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिब ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, २०८१ भदौ २७ र २८ मा ब्राजिलमा आयोजना हुने वान प्लानेट नेटवर्क फोरम, २०२४ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने र ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

    सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका सर्तहरू पालना गर्नेगरी हटाउने निर्णय गरेको पनि प्रवक्ता गुरुङले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend