काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक लिग खेल्न न्युजिल्यान्ड प्रस्थान गरेकी छिन्।
उनी सोमबार राति न्युजिल्यान्डको वेलिंगटन फिनिक्स क्लबमा आबद्ध हुँदै अस्ट्रेलियाको शीर्ष डिभिजन ए–लिग खेल्न गएकी हुन्।
यसअघि साम्बाले फ्रान्सको एन अभान्ट गुएङग्याम्पबाट दुई सिजन खेलेकी थिइन्। व्यावसायिक यात्रा भारतीय महिला लिगको सेथु एफसीबाट सुरु गरेकी उनले पछि इजरायलको हापोयल रनाना हुँदै युरोप पुगेकी थिइन्।
भारतीय लिग खेल्नुअघि साम्बाले माल्दिभ्समा व्यावसायिक फुटसलसमेत खेलेकी थिइन्।

