२०८३, आश्विन २० गते

images

शाहको ‘चल्दोरहेछ शासन’ सार्वजनिक

शाहको ‘चल्दोरहेछ शासन’ सार्वजनिक

सीएनएन खबर
आइतवार, भाद्र ९ २०८१०६:५४
सीएनएन खबर
आइतवार, भाद्र ९ २०८१०६:५४
  • images

    काठमाडौं । देशमा बढिरहेको भ्रष्टाचारको विरुद्धमा अव सर्जकहरुका सृजनाहरु पनि देखा पर्न थालेका छन् । यसको पछिल्लो ज्वलन्त उदाहरण हालै सार्वजनिक भएको रविन शाहको चल्दो रहेछ शासन नामक म्युजिक भिडियो ।

    आफ्नै शब्द संगीत तथा कोरियाग्राफीमा रहेको उक्त भिडियोमा शाह आफै र एलिशा शर्माले मोडलिङ गरेका छन् । आफ्नै युट्युब च्यानल रविन शाह क्रियसनमार्फत तिजको अवसर पारेर सार्वजनिक गरेको भिडियोमा देशमा मौलाउँदै गरेको भ्रष्टाचारको विरोध अव जनताले आफै जागेर गर्नुपर्ने तब मात्र जनताको शासन आउने कुरा सुन्दर तरिकाबाट प्रस्तुत गरिएको छ । 

    प्रिती आले र रविन शाहको स्वरमा सजिएको सो गीतलाई छायांकन ओमप्रकाश अवस्थी (इश्वर) र उत्सव दाहाले गरेका छन् भने एरेन्ज नारायण दंगाल र मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको रहेको छ । लालटिन पिक्चर्सका ओमप्रकाश अवस्थीको सम्पादन रहेको भिडियोमा अतिथि कलाकार टिका जिसी, कृष्ण रेग्मी, नारायण देवकोटा, ओमप्रकाश अवस्थीलगायत बाल कलाकार डिप्सन कार्की र निर्भय जंग शाहको पनि अभिनय देख्न पाइन्छ । भिडियोको कथा कन्सेप्ट तथा निर्देशन पनि शाह आफ्नै रहेको छ । 

    चितवन मुल घर भै हाल काठमाडौमा बसोबास गर्दै आएका शाह वि. सं. २०५९ देखि कला क्षेत्रमा काम गर्दैआएका छन् । उनले करिब ४०० भन्दा बढी म्युजिक भिडियोमा कोरियोग्राफी निर्देशकको रुपमा काम गरिसकेका छन् भने करिब १०० जति भिडियोमा अभिनयसमेत गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend