२०८३, आश्विन १९ गते

images

प्रि ओपन सेसनमै नेप्से परिसूचक २४ अंकले घट्यो

प्रि ओपन सेसनमै नेप्से परिसूचक २४ अंकले घट्यो

आइतवार, आश्विन ५ २०८२११:१०
आइतवार, आश्विन ५ २०८२११:१०
  • images

    काठमाडौँ । सेयर कारोबार साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक २४.३५ अंकले घटेर २४८७.५६ विन्दुमा पुगेको छ।

    यो समयमा १७३ वटा स्क्रिप्सको १ लाख १८ लाख ५३७ कित्ता सेयर ५ करोड ४८ लाख  १३ हजार ५५४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ११७ वटाको घट्यो। बाँकी ३८ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

    अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेपछि समय अगावै कारोबार बन्द भएको थियो। त्यसपछि अर्थमन्त्री खनालले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका छन्।

    पुँजी बजारमा अस्वभाविक चलखेल रोक्न  नेप्से सूचकांक गणना विधि १५ मिनेट हुने व्यवस्थालाई पनि हाललाई हटाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend