२०८३, आश्विन १९ गते

images

अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर

आइतवार, आश्विन ५ २०८२०४:०६
आइतवार, आश्विन ५ २०८२०४:०६
  • images

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका सहसचिवहरूको जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन्। आइतबार, ९ असोज ५० देखि लागू हुने गरी गरिएको हेरफेरमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा महेश आचार्य नियुक्त भएका छन् भने महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाइएको छ।

    यसै क्रममा, वित्तीय संघीयता समन्वय महाशाखामा वित्तीय क्षेत्र व्यवस्थापनका सेवन्तक पोखरेललाई जिम्मेवारी दिइएको छ।

    मन्त्री खनाल उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष रहँदा महेश आचार्य सदस्यसचिव थिए। सोही सन्दर्भलाई ध्यानमा राख्दै अब आचार्यलाई महाशाखाको प्रमुखको रूपमा जिम्मेवारी दिइएको हो।

    अर्थ मन्त्रालयले यस हेरफेरलाई वित्तीय क्षेत्रको दक्षता र सुधार प्रक्रियालाई गति दिने कदमको रूपमा व्याख्या गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend