२०८३, आश्विन १९ गते

images

सिटिजन्स बैंकको लाभांश घोषणा, कति छ बोनस र नगद सेयर ?

सिटिजन्स बैंकको लाभांश घोषणा, कति छ बोनस र नगद सेयर ?

शुक्रवार, आश्विन १० २०८२१२:१३
शुक्रवार, आश्विन १० २०८२१२:१३
  • images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

    साथै उक्त बोनस शेयरका लागि कर तिर्न शेयरधनीलाई चुक्ता पूँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय भएको छ। बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ।

    उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरूमा वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend