काठमाडौँ । आजदेखि शेयर बजार खुला हुने भएको छ । शेयर बजार असोज १३ गतेदेखि बन्द रहेको थियो । लामो समयदेखि बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज असोज २० गते सोमबारबाट खुल्ने भएको हो।
शेयर बजार असोज १९ गतेदेखि नियमित रूपमा खुल्नु पर्नेमा देशैभर आएको वर्षा र त्यसले उत्पन्न विपद्को परिस्थितिका कारण गृह मन्त्रालयले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से पनि बन्द रहेको थियो।
यता मौसममा सुधार आएर सामान्य गति लिन थालेपछि गृह मन्त्रालयले विपद् अवस्था नरहेको स्थानमा सरकारी कार्यालयहरू असोज २० गतेदेखि नै खोल्न निर्देश दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजको बिदा खारेज गरिसकेको छ।
काठमाडौंको बिदा खारेज भएकाले नेप्से आजैदेखि नियमित रूपमा खुल्ने भएको हो।

