२०८३, श्रावण २५ गते

images

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
बिहिवार, आश्विन २३ २०८२१०:२१
बिहिवार, आश्विन २३ २०८२१०:२१
  • काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

    बैंकले साधारण सभा प्रयोजनका लागि भोलि ९असोज २४ गते० बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म सेयर खरिद गर्ने वा आफ्नो नाममा कायम राख्ने सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन्।

    बैंकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको आगामी साधारण सभा कार्तिक १२ गते बुधबार बस्नेछ। साधारण सभाले पारित गरेपछि यो लाभांश लगानीकर्ताहरूमा वितरण हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend