२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सरकारी भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको...

सरकारी भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सर्कुलर

सरकारी भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सर्कुलर

आइतवार, आश्विन २६ २०८२०१:३३
आइतवार, आश्विन २६ २०८२०१:३३
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले देशभरका सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ। गत २४ भदौमा देशभरका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए। सिंहदरवारभित्रका केही भवनहरू समेत क्षतिग्रस्त भएका थिए भने सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालतलगायतका संरचना पनि नोक्सान पुगेका थिए।

    संघीय संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत जलेको थियो। त्यसपछि अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि विस्तृत कार्ययोजना बनाउन सबै निकायहरूलाई सर्कुलर पठाएको हो।

    मन्त्रालयले पठाएको सर्कुलर संघीय संसद् सचिवालयमा पनि पुगेको छ। यस विषयमा गत शुक्रबार सभामुख देवराज घिमिरेको उपस्थितिमा सचिवालयमा प्रशासनिक बैठक बसेर पुनर्निर्माण तयारीबारे छलफल भएको संसद् स्रोतले जनाएको छ।

    संसद् सचिवालयका अनुसार आगजनीका क्रममा पार्किङमा रहेका १९ वटा गाडीमा क्षति पुगेको छ। त्यस्तै ३६ वटा मोटरसाइकल क्षतिग्रस्त भएका छन् भने दुई वटा मोटरसाइकल हराएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend