काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खर्च कटौती गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले तालिम, गोष्ठी, भ्रमण, कर्मचारी भत्ता, कार्यक्रम र पुँजीगत खर्चका विभिन्न शीर्षकबाट ३०–५० प्रतिशत दरले बजेट कटौती गर्ने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए।
उनका अनुसार, कर्मचारी भत्ता, पदाधिकारी सुविधा, कार्यालय सञ्चालन, कार्यक्रम खर्च, सामाजिक सेवा अनुदान र पुँजीगत खर्चमा कटौती गरिनेछ। प्रदेश सरकारले अनुत्पादक खर्च नियन्त्रण गर्दै वित्तीय अनुशासन कायम गर्न र विकास आयोजनामा स्रोत लगानी बढाउन यो कदम चाल्ने भएको छ।

