२०८३, आश्विन १९ गते

images

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटः १९ लाख ४२ हजारको आवेदन, २ लाख ५१ हजारले मात्रै पाए शेयर

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटः १९ लाख ४२ हजारको आवेदन, २ लाख ५१ हजारले मात्रै पाए शेयर

बुधवार, कार्तिक १२ २०८२१०:५७
बुधवार, कार्तिक १२ २०८२१०:५७
  • images

    काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ आज बाँडफाँट गरेको हो ।

    आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए ।

    आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो ।

    मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गरेका छन् । सोहि मध्यका ३ जनाले भने १.१ कित्ता थप गरी ११ कित्ता शेयर पाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend