काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधबार) घटेको छ । कारोबारको अन्त्यसम्म नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा पुगेको छ ।
बजारमा आज कुल ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको र ६ कम्पनी स्थिर रहेको छन् ।
क्षेत्रगत सूचकहरू हेर्दा आज ४ समूहका सूचक बढेका छन् भने बाँकी ९ समूह घटेका छन् । होटल र ट्रेडिङ क्षेत्र क्रमशः २ प्रतिशतभन्दा बढीले बढेका छन्, जसले बजारमा केही उत्साह थपेको छ ।
आजको कारोबारमा खानीखोला जलविद्युत् १० प्रतिशतले वृद्धि भई शीर्ष बढ्ने कम्पनी बनेको छ भने उपकार लघुवित्त र मानुषी लघुवित्त पनि करिब ९.९० प्रतिशतले बढेका छन् । त्यसैगरी, ज्योति विकास बैंकको डिबेञ्चर ५.६६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आउने स्क्रिप बनेको छ ।
कारोबारको परिमाणका हिसाबले युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर कम्पनी र राधी जलविद्युत् अगाडि रहेका छन् । यी प्रत्येक कम्पनीको कारोबार २० करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

