२०८३, आश्विन १९ गते

images

हरिबहादुर केसीको अध्यक्षतामा नेपाल शेयर बजार लगानीकर्ता संघको नयाँ  कार्यसमिति चयन

हरिबहादुर केसीको अध्यक्षतामा नेपाल शेयर बजार लगानीकर्ता संघको नयाँ  कार्यसमिति चयन

सीएनएन खबर
शुक्रवार, कार्तिक १४ २०८२०८:१३
सीएनएन खबर
शुक्रवार, कार्तिक १४ २०८२०८:१३
  • images

    काठमाडौँ । नेपाल शेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आगामी दुई वर्षको कार्यकालका लागि हरिबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसले लगानीकर्ताहरूको अधिकार सुनिश्चित गर्दै पूँजी बजारलाई थप मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    साधारण सभाले आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्ष  हरिबहादुर केसीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति छनोट गरेको छ । संघको वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, उपाध्यक्ष  ई.भगवान बहादुर राउत, महासचिव खगेन्द्र राज कँडेल (रविन), सचिव भुवन ढकाल र कोषाध्यक्ष मछिन्द्र बस्नेत चयन भएका छन् । 

    यस्तै, सदस्यहरू  विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीचस् चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु, र राजु प्रसाद पौडेल  चयन भएका हुन् । 

    नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृतले पद तथा गोपनीयताको शपथ खुवाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष हरिबहादुर केसीले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै लगानीकर्ताको हकहित र बजारको स्वस्थ विकासलाई आफ्नो कार्यकालको प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend