२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित, महाधिवेशन मितिमा मतभेद

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित, महाधिवेशन मितिमा मतभेद

आइतवार, कार्तिक १६ २०८२०१:३१
आइतवार, कार्तिक १६ २०८२०१:३१
  • images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न सकेन। दिउँसो १ बजेका लागि तय गरिएको बैठक सुरु नहुँदै स्थगित गरिएको पार्टी कार्यालयले जानकारी दिएको छ।

    यसअघि शुक्रबारको बैठक पनि बस्दै नबसी स्थगित गरिएको थियो। आसन्न १५औं महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र तीव्र विवाद चर्किएपछि बैठक लगातार प्रभावित भइरहेको हो।

    कांग्रेसमा संस्थापन पक्ष र महामन्त्रीहरूको समूहबीच महाधिवेशनको तालिका फरक–फरक प्रस्ताव भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले त महाधिवेशन मिति भोटिङमार्फत टुंग्याउनुपर्ने माग गरेका छन्।

    लगातार दुई दिन बैठक स्थगित भएपछि अब कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारका लागि बोलाइएको छ।

    cor.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend