२०८३, आश्विन १९ गते

images

एसवाई प्यानलको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

एसवाई प्यानलको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

बुधवार, कार्तिक १९ २०८२१०:३२
बुधवार, कार्तिक १९ २०८२१०:३२
  • images

    काठमाडौँ । एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।

    कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ ।

    यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।

    नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

    जसमध्ये २ प्रतिशत ९२ लाख ६१ हजार ६२७ कित्ता० उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत ९४ लाख ९७ हजार ९२ कित्ता० विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend