२०८३, श्रावण २५ गते

images

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

images
बिहिवार, कार्तिक २० २०८२१०:४४
बिहिवार, कार्तिक २० २०८२१०:४४
  • काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १३ अर्ब ८५ करोड रुपैयाँमा आधारित रहँदै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावअनुसार, बैंकले ३.२५ प्रतिशत बोनस सेयर र ९।७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

    हाल बजारमा कृषि विकास बैंकको सेयर मूल्य (एलटीपी) प्रतिकित्ता ३१५ रुपैयाँमा रहेको छ। यस निर्णयले लगानीकर्तामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनभने बैंकले विगत वर्षहरूमा पनि स्थिर लाभांश वितरण गर्ने परम्परा कायम राख्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend