२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • सिटिजन्स बैंकले ल्यायो ‘क्यूआर मर्चेन्ट लोन’,...

सिटिजन्स बैंकले ल्यायो ‘क्यूआर मर्चेन्ट लोन’, अब ५ लाखसम्म डिजिटल ऋण सुविधा

सिटिजन्स बैंकले ल्यायो ‘क्यूआर मर्चेन्ट लोन’, अब ५ लाखसम्म डिजिटल ऋण सुविधा

सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२०२:३२
सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२०२:३२
  • images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साना तथा मझौला व्यवसायीहरूका लागि नयाँ डिजिटल ऋण योजना ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूलाई आधुनिक र सहज बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यसहित यो योजना सुरु गरेको हो।

    बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि ल्याइएको यस योजनामार्फत व्यवसायीहरूले आफ्नो क्यूआर कारोबार विवरणका आधारमा छिटो, पारदर्शी र पूर्ण डिजिटल माध्यमबाट ऋण सुविधा पाउनेछन्। शाखामा उपस्थित नभई मोबाइल वा अनलाइनमार्फत नै आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ।

    यस योजनाअन्तर्गत, व्यवसायले कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्टको रूपमा कारोबार गरेको हुनुपर्नेछ। योग्य ग्राहकले आफ्नो ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा पाउनेछन्। ऋणको सीमा न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म रहनेछ, जसको भुक्तानी मासिक किस्तामा गर्नुपर्नेछ।

    सिटिजन्स बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातीले ‘क्यूआर मर्चेन्ट लोन’ कार्यक्रम बैंकको डिजिटल बैंकिङ यात्रामा एक महत्वपूर्ण माइलस्टोन भएको बताए। उनले भने, “यो योजना साना तथा मझौला व्यवसायीहरूको वित्तीय पहुँच बढाउँदै ग्राहक र बैंकबीचको सम्बन्धलाई अझ सहज र गतिशील बनाउनेछ।”

    बैंकले यस योजनामार्फत व्यवसाय विस्तारमा सहयोग पुर्‍याउँदै देशभरका मर्चेन्टहरूलाई डिजिटल वित्तीय प्रवाहमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend