२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको...

टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको बधाई

टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको बधाई

सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८१०८:३८
सीएनएन खबर
मंगलवार, भाद्र १८ २०८१०८:३८
  • images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान०को नवनिर्वाचित कार्य समितिलाई बधाई दिएका छन् ।
     
    टानको निर्वाचनबाट कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका सागर पाण्डे अध्यक्षमा विजयी भएका छन् ।

    ‘विहानै खुशीको खबर बाड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ’– अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै भनेका छन्,  ‘तपाईहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’

    गठबन्धनका उम्मेदवारलाई हराउँदै पाण्डे बने टानको अध्यक्ष, को हुन उनी ? गठबन्धनका उम्मेदवारलाई हराउँदै पाण्डे बने टानको अध्यक्ष, को हुन उनी ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend