२०८३, आश्विन १९ गते

images

गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

सीएनएन खबर
शुक्रवार, मंसिर ५ २०८२०१:४७
सीएनएन खबर
शुक्रवार, मंसिर ५ २०८२०१:४७
  • images

    काठमाडौँ । गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले बुधबार गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्।

    प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार अदालतको आदेशअनुसार निर्धारित रकम बुझाएपछि गिरीलाई रिहा गरिएको हो।

    नितु पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेपछि उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। घटनापछि नितुका पिता रमेशप्रसाद पौडेलले छोरीको मृत्यु हत्या भएको दाबी गर्दै गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

    घटनाको अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend