२०८३, भाद्र १३ गते

images
  • अर्थतन्त्र
  • स्वास्थ्य बीमाको २५ लाखभन्दा बढी हिनामिनामा...

स्वास्थ्य बीमाको २५ लाखभन्दा बढी हिनामिनामा तीन जनालाई २–२ वर्ष कैद

स्वास्थ्य बीमाको २५ लाखभन्दा बढी हिनामिनामा तीन जनालाई २–२ वर्ष कैद

images
शुक्रवार, पौष १८ २०८२०६:०८
शुक्रवार, पौष १८ २०८२०६:०८
  • काठमाडौँ । स्वास्थ्य बीमाको रकम हिनामिना गरेको अभियोगमा तीन जना दोषी ठहर भएका छन्। विशेष अदालतले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारकी कर्मचारी तृप्ती शाही र कुमारी बैंकको सुर्खेत अस्पतालस्थित एक्सटेन्सन काउन्टरकी इन्चार्ज गोमा सिंजाली मगरलाई जनही दुई–दुई वर्ष कैद सजाय सुनाएको हो।

    अदालतले उनीहरूले हिनामिना गरेको रकमसमेत असुल गर्ने आदेश दिएको छ। फैसला अनुसार सुवेदी र शाहीबाट जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ तथा गोमा सिंजाली मगरबाट ८ लाख ६ हजार ८६ रुपैयाँ बिगो असुल गरी सोही बराबर जरिवाना तिराउने निर्णय गरिएको छ।

    तीनै जना मिलेर स्वास्थ्य बीमा गर्न आउने सेवाग्राहीसँग लिइएको शुल्क बैंकमा दाखिला नगरी २५ लाख ६७ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको हो।

    यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको फैसलाले सार्वजनिक संस्थामा हुने आर्थिक अनियमितताविरुद्ध कडा सन्देश दिएको छ।

    bises2026-01-02-05-19-00.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend