२०८३, आश्विन १९ गते

images
  • विशेष
  • साताकाे अन्तिम काराेबार दिन बढ्याे सुनकाे...

साताकाे अन्तिम काराेबार दिन बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

साताकाे अन्तिम काराेबार दिन बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

शुक्रवार, पौष २५ २०८२११:१७
शुक्रवार, पौष २५ २०८२११:१७
  • images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो ।

    बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend