२०८३, भाद्र १३ गते

images
  • स्वास्थ्य
  • ठूला अस्पतालको स्वास्थ्य बीमा रोकेपछि बोर्डका...

ठूला अस्पतालको स्वास्थ्य बीमा रोकेपछि बोर्डका निर्देशकले दिए राजीनामा

ठूला अस्पतालको स्वास्थ्य बीमा रोकेपछि बोर्डका निर्देशकले दिए राजीनामा

images
आइतवार, माघ ४ २०८२१२:५२
आइतवार, माघ ४ २०८२१२:५२
  • काठमाडौँ । एकपछि गर्दै ठूला अस्पतालले स्वास्थ्य बीमा रोकेपछि स्वास्थ्य बीमा बोर्डका निर्देशक डा। रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

    तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।                        

    स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो ।

    ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् ।

    स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ ।

    सरकारले आवश्यक सहयोग नगर्दा बीमा कार्यक्रम नै संकटमा परेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend