२०८३, भाद्र १३ गते

images
  • स्वास्थ्य
  • सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य...

सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सक्रिय बनायो आपतकालीन केन्द्र

सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सक्रिय बनायो आपतकालीन केन्द्र

images
बुधवार, भाद्र १० २०८३१२:५५
बुधवार, भाद्र १० २०८३१२:५५
  • काठमाडौं । सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) लाई सक्रिय बनाएको छ।

    आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न निकायसँग समन्वय अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ।

    विपद्का कारण बिरामीको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै काठमाडौंका अस्पतालमा उपलब्ध तथा खाली बेडको विवरणसमेत अद्यावधिक गरिएको छ। आवश्यकताअनुसार बिरामीको व्यवस्थापन गर्न अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

    त्यस्तै, एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरण र सेवाका साधनलाई स्ट्यान्डबाइमा राखिएको छ। आपतकालीन अवस्थामा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने गरी तयारी अघि बढाइएको मन्त्रालयको भनाइ छ।

    मन्त्रालयले आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वय आवश्यक परे हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

    सम्भावित विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन तथा घाइते र बिरामीको तत्काल उद्धार र उपचार सुनिश्चित गर्न मन्त्रालयले सबै संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राखेको जनाएको छ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend