२०८३, भाद्र १३ गते

images
  • स्वास्थ्य
  • रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौंका...

रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौंका ६ अस्पताल तयारी अवस्थामा

रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौंका ६ अस्पताल तयारी अवस्थामा

images
बुधवार, भाद्र १० २०८३०१:०३
बुधवार, भाद्र १० २०८३०१:०३
  • काठमाडौं । रसुवामा बाढीका कारण प्रभावित तथा घाइते भएकाहरूको उपचारका लागि काठमाडौंका ६ वटा ठूला सरकारी अस्पताललाई तयारी अवस्थामा राखिएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावितको उद्धारपछि उपचार आवश्यक परे तत्काल सेवा उपलब्ध गराउने गरी अस्पतालहरूमा चिकित्सक तथा शय्या तयारी अवस्थामा राखिएको जनाएको छ।

    मन्त्रालयका अनुसार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र नेपाल प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको हो।

    यी अस्पतालमा गरी एक सयभन्दा बढी शय्या तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। साथै, आवश्यकताअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत परिचालन गर्न तयारी गरिएको छ।

    स्वास्थ्यमन्त्री निशा मेहताले रसुवा बाढीबाट घाइते हुनेहरूको उपचारमा कुनै कमी हुन नदिन काठमाडौंका प्रमुख सरकारी अस्पताललाई आवश्यक तयारी गर्न निर्देशन दिएकी हुन्।

    मन्त्रीको सचिवालयका अनुसार, “घाइतेहरूको उपचारका लागि काठमाडौंका ठूला सरकारी अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। अस्पतालमा एक सयभन्दा बढी शय्या तयारी अवस्थामा छन्।”

    रसुवामा बाढी तथा पहिरोका कारण प्रभावित हुनेको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्य आपतकालीन व्यवस्थापनलाई समेत सक्रिय बनाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend