२०८३, आश्विन १९ गते

images

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

सीएनएन खबर
सोमवार, चैत्र ९ २०८२०२:४६
सीएनएन खबर
सोमवार, चैत्र ९ २०८२०२:४६
  • images

    काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

    चैत ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेका हुन्। बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग, तिथि तथा तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्ने सम्पूर्ण सञ्चालक पदाधिकारीहरू, आरोह(अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, सम्पूर्ण ग्राहक महानुभावहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, माया र स्नेह प्रदान गर्ने शेयरधनीहरू, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना व्यक्त गरेका छन्।

    आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित समय सुहाउँदो योजना ल्याइने उनले बताए। साथै, सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी दृढतापूर्वक लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend